सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा अाेलीज्यूको प्रमुख अातिथ्यतामा स्याङ्जा जिल्लालाइ “खुल्ला दिशा मुक्त जिल्ला घोषणा कार्यक्रम २०७२ पौष २५ गते आयोजना गरिने व्यहोरा सहर्ष जानकारी गराउदै उक्त समारोहमा जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुलाई हार्दिक निमन्त्रणा सहित सादर समुपस्थितिका लागि अनुरोध गर्दछौ ।”
उक्त कार्यक्रमका सम्वन्धमा थप जानाकारी ः–
– प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, रहनु हुनेछ ।
– २०६६ साल देखि खानेपानी तथा सरसफाई एवं स्वच्छता कार्यक्रमलाई तिव्ररुपले अगाडी बढाईएको । जसमा सबै सरोकारवालाहरुको उल्लेख्य सहयोग रहेको ।
– २०६६ सालदेखि सरसफाई कार्यक्रम अभियानकैरुपमा संचालन भएको ।
– स्याङ्गजाको पहिलो गा.वि.स.को रुपमा मिति २०६७/०२/२७ गते सेखाम गा.वि.स.लाई खुल्ला दिसामुक्त गा.वि.स.घोषणा गरिएको थियो भने मिति २०७०/०१/३१ मा अन्तिम वालिङ्ग न.पा.खुल्ला दिसामुक्त न.पा.गरे सँगै यस जिल्लाका सवै ५३ गा.वि.स.र ४ वटा न.पा.मा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सम्पन्न भई सकेको छ ।
सरसफाई अभियानको क्रममा ९६ प्रतिशत घरायासी पक्की शौचालय निर्माण भई सकेका र १०० भन्दा वढी शार्वजनिक शौचालय समेत तयारी भई सकेका छन् ।
– गाउँ वस्तीहरुमा सरसफाई कोषहरु निर्माण भएका छन् ।
– यस जिल्लामा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम परियोजनाको द्धितिय चरण लागू भएको छ ।
– जि.वि.स.सहित विभिन्न क्षेत्र एवं विषयगत रुपमा १६ वटा उप–समिति निर्माण गरि समितिको कार्य विवरण सहित कार्यकारिणी समिति बनेका छ्न । तिव्ररुपमा उक्त समितिहरु खुल्ला दिसामुक्त जिल्ला घोषणाको अभियानमा लागेको स्थिती छ ।
– आगामी पौष २३ गते जि.वि.स.को सिटी (सभा) हलको प्राङ्गणमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने गरि जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको मिति २०७२/०८/१७ को वैठकको निर्णय नं. १ बाट समेत पारित भई सकेको छ ।
सूचना शाखा
जि.वि.स.स्याङ्जा